समाचार
कलाकार अशाेकमान सिंद्वारा लिखित पुस्तक ग्राफिक संचार विमाेचन

मंसिर ,२९
काठमाडौ । कलाकार तथा लेखक अशोकमान सिंद्वारा लिखित पुस्तक ग्राफिक संचार विमाेचन भएको छ ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले नक्साल स्थित प्रतिष्ठानकाे सभाहलमा पुस्तक विमाेचन गर्नु भएको थियो ।
प्राज्ञ तथा वरिष्ठ कलाकार रमेशनाथ खनालकाे सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति के के कर्माचार्य , उपकुलपति गाेपाल चित्रकार , प्रतिष्ठानका सदस्य सचिव विपिन कुमार घिमिरे , लेखक अशाेकमान सिं, कलाकारहरु वासु क्षितिज र अविन श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले पुस्तककाे सान्दर्भिकताका बारेमा बाेल्नु भएको थियो । साथै सदस्य सचिव विपिन कुमार घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने लेखक सिं र कलाकार अविनले पुस्तकमा भएका विषयगत धारण व्यक्त गर्नु भएको थियो ।

सभाअधक्ष्य प्राज्ञ रमेशनाथ खनालले धन्यवाद मन्तव्य राख्दै ग्राफिक कलासँग सम्बन्धि ११ विधामा लेखिएको पुस्तक ललितकलाका विद्यार्थी र साना भाईबहिनिहरुकाे लागि पनि उपयोगी रहेकाे बताउनु भएको थियो । उहाँका अनुसार “अहिलेसम्म नेपालमा कार्टुन , ग्राफिक र ललितकलालाई समेटिएका पुस्तक लेखिएको छैन्। याे फरक विधामा लेखिएको पुस्तक पढन याेग्य ,उपयोगी र संकलन गरेर राख्नु पर्ने देखिन्छ । ” पुस्तक पढदै गर्दा धेरै कुरा सिक्न पाइने र कला अनुसन्धानमा लागेकाहरुलाई श्राेत सामाग्री हुन सक्ने स्तरिय पुस्तक रहेको कलाकार खनालको धारणा छ।
