समाचार

सकृय राजनितीबाट विदा लिने समय भएको छैन -अध्यक्ष नेपाल

मंसिर,२३
काठमाडौं । सत्ता साझेदार गठबन्धन यतिखेर सरकार निर्माणको अंक गणितमा छ । गठबन्धनमा रहेकै दलहरु र उपेन्द्र यादव वा सिके राउतलाई साथमा लिंदा गठबन्धनलाई सरकार निर्माण गर्न खास अफ्ठेराे देखिदैन ।

तर गठबन्धनमा रहेका साना दलले ठुलो पदकाे आकंक्षा राखेर बार्गेनिङ गरिरहदा नेपाली काङ्ग्रेसका सभापति तथ प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिकाे प्रस्ताव गरेको समाचार सार्वजनिक भएको छ।

काठमाडौकाे एक अनलाइनमा अन्तरवार्ता दिदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू राष्ट्रपति हुने समय नआएको बताउनु भयो । म अहिले नै राष्ट्रपति हुदा राम्रो कि नहुदा राम्रो भनी प्रती प्रश्न गर्नुभएको छ । आफ्नो शरिरिक अवस्था ठिक भएको भन्दै अझै राजनितीलाई गतिशील बनाई राख्न याेगदान गर्ने छु , अध्यक्ष नेपालले भन्नुभयो । डाेनाल ट्रमकाे उदाहरण दिदै नेता नेपालले भन्नुभयो ” विकशित राष्ट्रहरुमा त बुढा भनिएकाहरु जागरुक भएर लागि रहेका छन भने म त शरिरले साथ दिएसम्म निरन्तर सकृय राजनिती गर्ने छु।

आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी नहुनुमा केही षड्यन्त्र भएको हुन सक्ने आशंका व्यक्त गर्नु भएको छ।अध्यक्ष नेपालले ओलिकाे बाेलि र निर्वाचन आयाेगकाे व्यवहारले नेकपा एस माथि षड्यन्त्र भएको हुन सक्छ । किनभने विना ढेउवाके केशमा आयाेगले स्पष्टीकरण साेध्याे फेरि पछि जरुरी नभएको भन्याे । यो कस्तो चरित हो भनी शंका गर्ने ठाउँ छ ।

मैले जनतालाई दलालबाट बच्नु पर्छ भनेर सल्लाह दिएकाे हो ।ओलिलाइ टाउको किन दुख्यो? र मेरो निर्वाचन क्षेत्रमा बुथ भित्र मास्क लगाएर ओलिका मान्छेहरु बसेर जे पनि गरिरहेका थिए भनी नेपालले आराेप लगाउनु भएकाे छ। यस्ता गतिविधिबाट पनि हाम्रो पार्टीलाई समानुपातिक र प्रत्यक्ष आउने मतमा अबरोध सिर्जना भएको छ। नेपालकाे भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *