समाचार

पहिचानवादीले गरे एमालेलाई अबरोध ,मुख्यमन्त्री निसानामा

मंसिर २६ मंगलबार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पहिचानवादीको निसानामा परेका छन् । मुख्य मन्त्री  चढेको गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका हुन

झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाउँदै मुख्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ०००३ नम्बरको गाडीमा ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढाबाट गाडीको सीसा फुटेको छ । पहिचानवादीहरु लामाे समयदेखि काेशि प्रदेशकाे नामाकरणमा असन्तुष्टि जनाउदै आन्दाेलित छन् ।

यस्तै समृद्धका लागि संकल्प भन्ने नारा लिएर हिडेका नेकपा एमालेका अध्यक्ष लगायतलाई पनि पहिचानवादीहरुले अबराेध गरेका छन् । एमालेका नेता कार्यकर्ता चढेको   गाडिमा ताेडफाेड गर्नु का साथै कालाे झण्डा देखाउदै विराेध गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *