समाचार

आजसम्म ८४ संचारमाध्यमले निर्वाचन आचारसंहिता उलंघन गरे – प्रेस काउन्सिल नेपाल

काठमाडौं ,२९ कार्तिक
प्रेस काउन्सिल नेपालकाे विषेश अनुगमनकाे सिलसिलामा विभिन्न संचार माध्यमले निर्वाचन आचार सहिंता उलंघन गरेकाे पाइएकाे छ । काउन्सिलले गरेको अनुगमनमा ८४ वटा संचार माध्यमले पत्रकार तथा निर्वाचन आचार सहिंता प्रतिकुल समाचार सम्प्रेषण गरेको देखिएको प्रेस काउन्सिल नेपालले जनाएको छ।

प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले जारी गरेको प्रेस विज्ञप्तिमा १५ वटा छापा माध्यम ,५ वटा टेलिभिजन ,२० वटा रेडियो ,४४वटा अनलाइन गरि जम्मा ८४ वटा र ५ वटा वेवपाेर्टलले निर्वाचन आचार सहिंता विपरीत गतिविधि गरेकाे उल्लेख गरिएको छ।

यसमध्ये ६ वटालाई निर्देशन दिइएको , ४६वटालाई ध्यानाकर्षण गरिएको ,१८ वटालाई सचेत र ११वटालाई स्पस्टिकरण साेधिएकाे छ । साथै दर्ता / सुचिकरण नभएका ५ वटा वेवपाेर्टललाई नेपाल भित्र चल्न नसक्ने गरि बन्द गर्न नेपाल दुरसंचार प्राधिकरणलाई पत्राचार गरिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ -” निर्वाचनको सन्दर्भमा देखिएको आचारसंहिता उलंघनकाे विषय वर्गीकरण र मुल्यांकनका साथै लाेककल्याणकारी भुक्तानीका लागि अभिलेखिकरण गर्ने निर्णय भएको हुदा त्यसकाे जानकारी गराइन्छ “

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *