समाचार

चिया पसलमा बसेर कुरा काट्नेहरु राजावादीसँग सती गईसकेका नेता लम्सालको जिकिर

काभ्रे,

नेकपा एकीकृत समाजवादी काभ्रेका प्रदेशसभा उमेरद्वार लक्ष्मण लम्साल बाम लोकतान्त्रिक गठबन्धन नाजायज भन्ने विपक्षी दलको तर्क गलत भएको बताउनुभएको छ।

नेकपा एकीकृत समाजवादीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उमेरद्वार लम्सालले हाम्रा नेता कार्यकर्ताहरुलाई भड्काउनका लागि गठबंधन गर्नुहुँदैन भन्दै विपक्षले प्रोपोगन्डा मच्चाएको छ भन्नु भयो।

चियापसलमा बसेर अरूको पछाडि लागे भनेर आरोप लगाउनेहरु आफै राजावादीहरुसँग सति गई सकेको यथार्थलाई हाम्रा नेता-कार्यकर्ताहरुले बुझ्नु र अनावश्यक हल्लाको पछाडि नलाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ।

विपक्षी प्रतिस्पर्धीहरुसँग अबका दिनमा कुनै नीति ,कार्यक्रम र एजेण्डा नभएका कारण समाजमा भ्रम फैलाएर फाइदा उठाउन सकिन्छ भन्ने मानसिकताले अगाडि बढेको देखिन्छ। तर हामीसँग काभ्रे जिल्लाको विकासको एजेन्डा छ । काभ्रेको विकास निर्माण र समृद्धिको महत्वपूर्ण योजना बाम लोकतान्त्रिक गठबन्धनको हातमा रहेको उहाँले तर्क थियो।

उहाँले भन्नुभयो “त्यसैले विपक्षीहरु बाम लोकतान्त्रिक गठबन्धनसँग डराएका हुन्। हामीसँग कुनै डर छैन ।हामीलाई कुनै आरोप छैन। हामी कुनै मुद्दामा मुछिएको पनि होइन।”

वामपन्थीहरूको एकलौटी सरकार पनि देखियो। त्यो सरकारले राम्रो काम गर्न सकेन । देशको संविधानमाथि गिद्दे नजर लगायो ।संघीयता ,धर्मनिरपेक्षता र जनताको न्याय माथी ठाडो कुठाराघात गर्यो ।त्यसकारण अहिले लोकतान्त्रिक र वामपन्थीहरु बीच एजेण्डा र विचार दुवै मिलेर गठनबन्धन भएको  उहाँको भनाइ थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *