समाचार

काभ्रेमा गठबन्धन दलहरुले सानदार उमेरद्वारी दर्ता गराए

काभ्रेपलाञ्चोक,

आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि आज देशभरि जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयबाट उमेद्वारी दर्ता भएको छ । यसैक्रममा काभ्रेपलाञ्चोक जिल्लामा पनि विभिन्न राजनीतिक दलहरुले आफ्नो उमेद्वारी दर्ता गराएका छन्।

जसमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य सूर्यमान दोङ र एमालेबाट नेता रेशम लामाले उमेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईं र एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उमेरद्वारी दर्ता गराउनु भएको छ।

यस्तै १नम्वर क्षेत्र संघीय प्रदेश सभा अन्तर्गत क मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता रत्न ढकाल र ख मा नेपाली कांग्रेसका सभापति तीर्थ लामाले उम्मेदवारी दिनुभएको छ । २ नम्बर क्षेत्र संघीय प्रदेशसभा क मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका युवा नेता तथा बागमती प्रदेशका निवर्तमान सांसद लक्ष्मण लम्साल र नेपाली कांग्रेसका नेता कन्चन चन्द्र बादेले उमेदवारी दर्ता गराउनुभएको छ।

विपक्षी दल नेकपा एमालेबाट क्षेत्र नं १ संघीय प्रदेशसभामा क दिलिप लामा र ख मा चन्द्र लामाले उमेरद्वार दर्ता गराउनुभयो। क्षेत्र नम्बर २ संघीय प्रदेश सभा अन्तर्गत’ क ‘ कुमार खकुरेल र ‘ख ‘मा कुमार थापाले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

यस्तै उमेरद्वार दर्ता गराउने दलहरुमा राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरु पनि रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *