समाचार

एमालेबाट २०७४को निर्वाचन जितेका नेता पछाडि पारिए

काठमाडौं,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूसँग फरक मत राख्ने नेताहरुलाई पछाडि पारेका छन्। ओलीले उनका विरुद्ध आलोचना गरेका नेताहरुलाई सजायस्वरुप टिकट नदिएर कारवाही गरेका छन्।

ओलीले राप्रपा नेपालका नेता  लगायत पार्टीमा नवप्रवेशीलाई टिकट दिएर उपहार दिएका छन् भने पार्टीका जिम्वेवार अनुभवी नेताहरु पछाडि पारिदिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा शानदार जित हासिल गरेका नेताहरु नै ओलीको निसानामा परेका छन्।

कुनैबेला ओलीका विश्वासपात्र दोलखाका पार्वत गुरुङ यसपटक एमालेबाट टिकट पाउन वञ्चित भएका छन्। झापाकी पवित्रा निरौला खरेल , सिन्धुलीका गणेश पहाडी, रुपन्देहीबाट घनश्याम भुसाल र कञ्चनपुरका दीपक प्रसाद भट्ट ओलीको न्यायकाे नजरमा पर्न सकेनन्।

ओलीको कार्यशैली विरुद्ध पार्टीभित्र व्यापक आलोचना गर्दै आएका एमाले नेता भिम रावल, बझाङका भैरव बहादुर सिंह र म्याग्दीबाट भुपेन्द्र थापा पनि उम्मेदवारको सिफारिसमा परेनन्।

यस्तै नन्दलाल रोकाय बाँके ,राजबहादुर बुढा दैलेख, दलबहादुर राना पाल्पाबाट प्रतिनिधित्व गर्ने नेताहरु पनि ओलीको नजरमा पर्न सकेनन्।ओलीले पाखा लगाएका नेताहरु क्रमशः नवराज रावत, लालबहादुर थापा र कृष्णप्रसाद दाहाल रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *