मनोरञ्जन

रविन्द्र मिश्र र राप्रपा नेपाल बिच पार्टी एकता भएको छ

काठमाडौं 

राजेन्द्र लिङ्देनको राप्रपा नेपाल र विवेकशील साझा पाटीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्रको समुह बिच पार्टी एकता भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा राजेन्द्र लिङ्देनको राप्रपा नेपाल र मिश्रको समूहबीच एकता भएको हो ।

राप्रपामा नेपालमा मिश्र वरिष्ठ उपाध्यक्ष रहने भएका छन्। उनका अन्य कार्यकर्ताहरुलाई पनि व्यवस्थापन गरिने बताइएको छ।

रविन्द्र मिश्रको पार्टी विवेकशील साझा पार्टीमा दुई समूहबीच फरक विचार भए पछि मतवाजिदै आएको थियो। मिलन पाण्डेको समूहले मिश्रलाई कारवाही गरी निलम्बन गरेको थियो।

विवेकशील साझा पार्टीमा रहँदापनि मिश्रले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका थिए। अन्ततः मिश्र राजावादी समूहसँग मिल्न गएका छन्।

उनले ,२०५७सालमै पनि गणतन्त्र मुर्दावाद भन्दै पारश शाहको पक्षमा वकालत गरेको पुरानो अन्तर्वार्ता तथा भिडियोहरु देख्न पाइन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *