समाचार
जबराको बयान आज सकिँदै, संसदबाट पास होला त महाअभियोग?

टुकि संवाददाता
संसदबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज सकिँदैछ। प्रतिनिधि सभाद्वारा गठन भएको महाभियोग सिफारिस समितिले जबरा संग बयान लिइरहेको छ। आज ५ औं दिन पनि उनले बयान दिँदैछन्। चार दिनसम्म उनले विभिन्न प्रश्नहरूको मौखिक र लिखित उत्तर दिएका थिए।
जबरालाई साढे तीन दर्जन प्रश्न सोधिने सिफारिस समितिका सदस्यहरुले जानकारी दिएका छन्। उनले हिजोसम्म तीनदर्जन प्रश्नको उत्तर दिइसकेका छन्। उनलाई सोधिएका प्रश्नहरुको उत्तर कतिपय चित्त बुझ्दा थिए, कति चित्त बुझाउन नसकिने थिए । जबराले गठबंधन सरकार माथि आरोप लगाएका थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसा गरेका थिए। पूर्व प्रधानन्यायधीश अरुलाई जबराले मण्डलीको संज्ञा दिन पछि परेनन् । पूर्वप्रधानन्यायाधीश हरूमाथी उनको असन्तुष्टि रहेको देखिन्थ्यो।
महाभियोग सिफारिस समितिले आज जबराको बयान सकिने बताएको छ । बयान सकिएलगत्तै महाभियोग संसदमा पेश गरिनेछ। प्रतिनिधिसभाको कार्यकाल नसकिँदै जबराको महाभियोग संसदले टुंगो लगाउनुपर्ने बाध्यता रहेको छ।

