समाचार

नागरिकता किर्ते गर्ने कार्यालय प्रमुखसहित ३ जना पक्राउ

झापा, १३ पुस । नागरिकता किर्ते गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता किर्ते गरेको अभियोगमा ३ जना शनिबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा गौरीगंज बस्ने ईलाका प्रशासन कार्यालय गौरिगंज झापाका कार्यालय प्रमुख ३७ वर्षीय धनन्जय कुमार शाह, सोही गाउँपालिका–६ बस्ने सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह नगरपालिका–७ बस्ने ५९ वर्षीय कृष्ण प्रसाद तिम्सिना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले गौरादह नगरपालिका–७ ठेगाना देखाई अमृत राई ९नागरिकता नम्बर ०४-०६-७७-००५९१०, दिपिका राई ९नागरिकता नम्बर ०४-०६-७७-००५९२० र बिशाल राई (नागरिकता नम्बर ०४-०६-७७-००५९३) लाई नागरिकता बितरण गरेकोमा नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगंजमा नभएकोले उक्त नागरिकताहरु किर्ते गरेको हुन सक्ने भएकोले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको क्यातधबचभ प्रयोग गरी नागरिकता वितरण गरे पश्चात उक्त बिवरण भ्मष्त गरी पुन बिभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्धामा ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *