समाचार

सेन्सेज कन्सल्टेन्सीका प्रशिक्षक, ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बन्दै परीक्षा दिँदै

काठमाडौं, ९ पुस । ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने ५१ वर्षका एक पुरुष पक्राउ परेका छन् । विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान घर भई काठमाडौं कालोपुल बस्ने उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सेन्सेज कन्सल्टेन्सी बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *