समाचार

कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौँ, १३ साउन : काठमाडौंको कमलादीबाट अवैध रुपमा राखिएको १५ किलो सुन बरामद गरिएको छ । अवैध रुपमा भित्र्याइएको १५ किलो सुन महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बरामद गरेको हो। प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन तस्करलाई फलो गर्दै आएका थिए।

फलो गर्ने क्रममा तस्करको समूहले सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । उक्त झोलामा २ थान हतियार समेत प्रहरीले फेला पारेको जनाइएको छ। उक्त विषयको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *