समाचार

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाडौँ,१० माघ । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडौँ सडक अवरुद्ध भएको छ ।बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौँ सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ ।

सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडौँ, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *