नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ ।

A woman carries a placard as she shouts a slogan during the "walk against rape'" procession organised by "Project Alert", a Lagos-based NGO focusing on women's issues, in Nigeria's commercial capital Lagos October 5, 2011. REUTERS/Akintunde Akinleye (NIGERIA - Tags: SOCIETY) - GM1E7A605V501
+
-

५ असार : नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिनुभएको हो ।

कोरोनाभाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैङ्गीक हिंसा सम्वन्धी धेरै घटनाहरु भएकाले अभियान शुरु गर्नु परेको उहाँको भनाई छ । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनिकरणका लागि धेरै क्रियाकलापहरु गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताउनुभयो ।

महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ ओटा बलात्कारका घटना दर्ता भएको उहाँले जानकारी दिनुभयो ।नाइजेरियाका प्रहरी प्रमुख मोहम्मद अडामुले पनि ७१७ ओटा बलात्कारका घटनामा संलग्न भएको आरोपमा ९७७ जनालाई पक्राउ गरिएको गत सोमबार नै सार्वजनिक गर्नुभएको थियो ।

सूचना मन्त्रीले भने अहिले शुरु गर्न लागिएको अभियान अन्तर्गत विषेश गरी हिंसा तथा बलात्कारजन्य घटना हुन नदिनका लागि चेतनामुलक कार्यक्रमहरु बढी गरिने जानकारी दिनुभयो । “अहिलेसम्मको विवरण हेर्दा प्रत्येक महिना औसतमा १४३ ओटा र दैनिक ५ ओटा यस्ता घटना हुने गरेको पाइएको छ, हामीले यसैका बारेमा छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

यस अभियानका लागि सूचना तथा संस्कृति मन्त्रालयले महिला मामिला मन्त्रालयसँग पनि सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।सिन्ह्वा