समाचार

मूल्यको तुलना गरेको भन्दै सेनाको आपत्ति

काठमाडौं, जेठ २९ । प्रक्रिया र मापदण्डबमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, बिनातथ्य–प्रमाण आक्षेप लगाउन खोजेकोमा सेनाले आपत्ति प्रकट गरेको छ। कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि जिटुजी प्रक्रियामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

राष्ट्रिय संकटको यस विषम् परिस्थितिमा राष्ट्रिय ऐक्यबद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण स्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा ९होल अफ नेसन अप्रोच० गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महŒवपूर्ण अंगको रूपमा रहेको सेनालाई आक्षेप लगाउनु गम्भीर भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पारदर्शिताको लागि मित्रराष्ट्र चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरननसबाट प्राप्त सरकारी मूल्यसूचीलाई रक्षा, परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय र सहमति लिई नेपाल सरकारको स्वीकृत प्राप्त भएपश्चात् खरिद गरिएको सेनाको दाबी छ।

तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरूको चरम अभाव भएको विषम परिस्थितिमा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन जिटुजी प्रक्रियामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधि मात्रको प्रयोग गरेको सेनाको भनाइ छ। ‘कमिसनरहित रूपमा प्रत्यक्ष कारोबार गर्न तथा अनियमितताका सबै सम्भावनाहरूलाई निरुत्साहित गर्ने रणनीतिअनुरूप आन्तरिक खरिद निर्देशिकासमेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐनका आधारमा खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तरजस्ता विषयहरू तुलना गर्न नसकिने सेनाको जिकिर छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *