समाचार

अर्थमन्त्री खतिवडाद्वारा नीतिगत भ्रष्टाचार, २ सय ४४ बिद्युतीय गाडी छुटाएर भन्सार बृद्धि

काठमाडौं, २० जेठ ।यो वर्षको बजेटमा ठूलो नीतिगत भ्रष्टाचार भएको खुलेको छ । केही व्यवसायिक घरानाको स्वार्थमा अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार दर हेरफेर गरेका छन् ।बजेटको पूर्व सन्ध्यामा ठूलो मात्रा बिद्युतीय गाडी भित्राएर भन्सार र अन्तशुल्क बृद्धि गरिएको खुलेको छ । वीरगञ्ज नाकाबाट मात्र बजेटकोको एक साताअघिसम्म दुई सय ४४ वटा गाडी भित्रिएका छ । बिद्युतीय गाडीमा भन्सार बृद्धि गर्ने सूचना चुहाएर त्यसरी धेरै गाड िभित्राइएको हो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले जेठ १४ सम्म एमजीका १ सय २० र कियाका दुई गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लगेको जानकारी दिए। उनका अनुसार एमजीका वैशाख १५ मा १५, १६ मा ३०, जेठ ५ मा ७५ र जेठ १४ मा कियाका दुई विद्युतीय गाडीको भन्सार जाँचपास गरिएको हो।

उनले नयाँ बजेटमा भन्सार महसुल बढ्ने अनुमान गरेका आधारमा त्यसअगावै विद्युतीय गाडी जाँचपास गराएर लगेको हुन सक्ने बताए। उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणभन्दा पहिले विद्युतीय गाडीमा भन्सार शुल्क १० प्रतिशत र भ्याट १३ प्रतिशत लाग्थ्यो। अन्तःशुल्क लाग्दैनथ्यो। सरकारले जेठ १५ मा ल्याएको बजेटमा ८० प्रतिशतसम्म भन्सार लाग्ने उल्लेख छ। गाडीको क्षमताअनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरिएको छ।यसरी बजेट अगाडि ठूलो मात्रामा बिद्युतीय गाडी भित्रनु र बजेटमा उच्च कर राखिनुले अर्थमन्त्रीबाट नीतिगत भ्रष्टाचार भएको बुझ्न गाह्रो छैन । त्यसरी सेटिङमा बिद्युतीय गाडी भित्राएकाहरुलाई अब एउटै गाडीमा ५० प्रतिशतसम्म नाफा हुने देखिन्छ ।

एमजी र कियाको एउटा विद्युतीय कारको मूल्य नेपालमा ५० देखि ५५ लाख रुपैयाँ पर्छ। नयाँ बजेटपछि अब एउटा विद्युतीय गाडी आयातमा पहिलेभन्दा झन्डै ४५ लाख रुपैयाँ बढी राजस्व लाग्ने भएको भन्सारका कर्मचारी बताउँछन्।त्यस्तै केही व्यापारीक घरानाकै स्वार्थमा उनले चकलेटको भन्सार बढाएका छन् । जबकी बिउ बिजनदेखि कतिपय अत्याबश्यक सामानको भन्सार बढाइएको छ । यसरी विभिन्न ठाउँमा बजेटमा नीतिगत भ्रष्टाचार भएको छ ।दृष्टिबाट FIle photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *