समाचार

डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा

साउन २, काठमाण्डौ । जुम्लामा पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ ।

पछिल्लो समय सास फेर्न कठिन भएपछि डा. केसी आत्तिने गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार आइतबार रातिदेखि देखिएको श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । मंगलबार बिहान चार बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।

विगत १० दिनदेखि केसीको मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु ठूलो खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *