समाचार

सुलेमानी किन परे अमेरिकाकाे निशानामा ?

एजेन्सी / अमेरिकाले ३ जनवरीमा बगदाद विमानस्थल नजिकै ड्रोनमार्फत् एक हवाई हमला गरेर इरानका अल कुड्द फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गर्‍यो । गोप्य स्रोतले अमेरिकी मिडियालाई उक्त अभियान राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा भएको र यसलाई पूर्ण तयारीमा साथ पूरा गरिएको जानकारी दिएको छ ।

सुलेमानी केही समय अघि मात्रै इराक पुगेको बताइन्छ । घटनाका बेला उनी दुईवटा गाडीको कार्केडमा यात्रा गरिरहेका थिए जसमा इरान समर्थित इराकी सैनिक पनि सवार थिए । बीबीसी मिडिया मोनिटरिङ सर्भिस, बीबीसी मनिटरिङका अनुसार इरानी टिभी च्यानलले सुरुमा अमेरिकी सेनाको हेलिकोप्टरमार्फत् इराकमा उक्त हमला गरेको बताएको थियो ।

ड्रोनमार्फत् गरियो हमलाः

यद्यपि, अमेरिकी मिडियाका अनुसार उक्त हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरमार्फत् गरिएको हो । यो एउटा यस्तो ड्रोन हो जुन अधिकतम ४८० किलोमिटर प्रतिघण्टाको गतीमा उडान भर्न सक्छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो उपकरणको प्रयोग र यसले उक्त इलाकाको एयर ट्राफिकमा पार्ने सम्भावित खतराबारे अहिलेसम्म केही जानकारी दिएको छैन । द न्यूयोर्क टाइम्सले सरकारी स्रोतलाई उद्धृत गर्दै ड्रोनले दुई कारमाथि दुईवटा मिसाइल दागेको जानकारी दिएको छ । यी मिसाइल आफ्नो पूर्व निर्धारित लक्ष्यमा एयरपोर्टको कार्गो टर्मिनल नजिकै दागिएको बताइएको छ ।

अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा उक्त हेलफायरलाई आर९एक्स मिसाइल बताएको छ जसलाई निन्जा पनि भनिन्छ । हावाबाट धर्तीमा मार गर्ने यो मिसाइललाई युद्ध ट्याङ्क नष्ट गर्नका लागि बनाइएको हो जसलाई हेलिकोप्टर वा हवाई जहाजमार्फत् छोड्न सकिन्छ । रिपोर्टका अनुसार मध्य पूर्वमा मात्रै अमेरिकाले नवौं पटक यस्तो प्रकारको मिसाइल प्रयोग गरेको छ ।

हमलाको कारण के हो ?

इराकमा अमेरिकाको यो हमला अमेरिका र इरानबीच बढ्दो तनावका बीच भएको हो । गत हप्ता इराकको किरकुकमा भएको हमलामा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो र चार सैनिक घाइते भएका थिए जसका लागि अमेरिकाले इरान र सुलेमानीलाई जिम्मेवार बताएको थियो ।

द वासिङ्टन पोष्टका अनुसार यो घटना पनि हमलाकै कारण सृजित भएको हो तर केही दिन पछि ३१ डिसेम्बर बेलुका इरान समर्थित सेनाले बगदादमा अमेरिकी दूतावासलाई घेरे ।अमेरिकी मिडियाका अनुसार यो घटनापछि अमेरिका यो क्षेत्रमा सैनिकको संख्या बढाउने विषयमा गम्भीर मात्रै भएन, हमलामार्फत् जवाफ दिने योजना पनि बनायो ।

सन् २०१८ मा डोनल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता समाप्त गर्दै उक्त देशमाथि थुप्रै प्रतिबन्ध लगाइदिए । यसले इरानको अर्थव्यवस्थामा हलचल मच्चियो, त्यति बेलादेखि दुई देशबीचको सम्बन्ध बिग्रियो ।

गत वर्ष जूनमा इरानले अमेरिकी ड्रोनलाई खसाल्ने दाबी गरेको थियो त्यसपछि डोनल्ड ट्रम्पले हवाई हमलाको तयारी गरे तर पछि त्यो रद्द भयो । हार्मूज जलडमरुमध्यमा विभिन्न जहाजमा भएको धमाकापछि दुई देशबीच तनाव थप बढेको छ । त्यसपछि साउदी अरबको तेल कम्पनी अरामकोमा भएको हमलाको आरोप पनि इरानमाथि लाग्यो ।

सुलेमानीको मृत्यु इरानका लागि कति ठूलो झट्का ?

जनरल कासिम सुलेमानी इरानका सबैभन्दा शक्तिशाली सैन्य अनुहार मात्रै नभई देशका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक थिए । उनी आयतोल्लाह खामनेईपछि दोस्रो स्थानमा थिए जसलाई उनी सिधा रिपोर्ट गर्दथे । मध्य पूर्वमा इरानको सैन्य ताकत र रणनीतिका लागि मात्रै होइन उनी युद्ध र शान्तिको मुद्दामा इरानका सच्चा चान्सलर पनि थिए ।

द न्यूयोर्क टाइम्सका अनुसार सुलेमानी यति महत्वपूर्ण थिए कि उनको हत्या गर्ने सोच बराक ओबामा र जर्ज डब्ल्यू बुशको सरकारले पनि गरेको थियो तर इरानसँग युद्ध नचाहने भन्दै अमेरिकाले उक्त विचार त्यागेको थियो ।

सन् १९८० को दशकमा इराकसँगको युद्धमा भाग लिएपछि ६२ वर्षका सुलेमानी इरानको राजनीतिमा आए । उनले इस्लामिक स्टेटविरुद्ध लडाईं र अर्को प्रभावशाली नेटवर्क बनाउने रणनीतिकारको रुपमा काम गरे । राष्ट्रपति बुशर अल–अशदले सिरियामा विद्रोही शक्तिविरुद्ध युद्धको तरिका परिवर्तन गर्न, इराकमा शिया मिलिशियालाई नियन्त्रणमा ल्याउने क्रममा इरानबाट समर्थन र प्रशिक्षण पाए । जनरल सुलेमानीलाई त्यो रणनीति तयार गर्नका लागि श्रेय दिइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *