समाचार

सागले नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने विश्वास

जमुना शर्मा – १९ मंसिर । यतिबेला पोखरा सागमय बनेको छ । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८ सय ४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।

पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिएका छन । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उनको भनाइ छ । मन्त्री लम्साल भने, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *