समाचार
लिपुलेक हाम्रो हो, भारतले सार्वजनिक गरेको नक्सा अमान्य-‘ब्या’क अफ इन्डिया’
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ४५३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै विभिन्न विषयमा सम्बन्धित व्यक्ति निकायसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :
१.लिपुलेक सीमा वि’वाद : नेपालमा व्यापक वि’रोध – भारतले भर्खरै जारी गरेको राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू–भागका रुपमा देखाइएको छ।यो विषयमा समाचार बाहिर आएपछि नेपालमा व्यापक वि’रोध भइरहेको छ । सामाजिक सञ्जाल देखि विभिन्न राजनीतिक दलहरुले नेपाली भू–भाग भारतको नक्सा भित्र पारिएको विषयमा सरकारको जवाफ समेत मागेका थिए । यो बिषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कालापानी नेपालको भू–भाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा अस्वीकार्य भएको बताएको थियो ।
२.१० बर्ष अघि लिएको लाइसेन्स दोस्रो पटक नविकरण गर्न जाँदा ट्राइल फेल! भक्तपुर चाँगुनारायण नगरपालिका–८ का मणिराम बनियाँले २०६६ सालमा सवारी चालक अनुमति–पत्र लिए। उनले १ पटक लाइसेन्स नविकरण गरिसकेका छन् ।लाइसेन्स लिएर उनले सवारी सधान चलाउन थालेका १० बर्ष पूरा भयो । तर, अहिले लाइसेन्स नविकरण गर्न भक्तपुरको यातायात कार्यालय जाँदा सर्भरले फेल देखाएको भन्दै उनलाई एकान्तकुना स्थित यातायात कार्यालयमा पठायो । तर, एकान्तुकना स्थित याता यात कार्यालयमा जाँदा पनि उनको सवारी चालक अनुमति–पत्र नविकरण भएन । उनको लाइसेन्स नम्बरमा सर्भरले फेल देखायो ।
३.चितवन राष्ट्रिय निकुञ्जका कारण विस्थापित भएकाहरुको कथा: राष्ट्रिय निकुञ्जका कारण २०५२ सालमा भरतपुरस्थित पदमपुरका स्थानीयलाई नयाँ पदमपुरमा स्तान्तरण गरियो। तर केही स्थानीयको पूरानो पदमपुरबाट विस्थापित भएपनि नयाँ पदमपुरमा जग्गा पाएनन् । पूरानो पदमपुरका स्थानीयलाई व्यवस्थापन गर्न पदमपुर स्थानान्तरण आयोग नै बनाइएको थियो । जग्गा नपाएका स्थानीयले नयाँ पदमपुरमा जग्गा पाउँ भन्दै सर्वोच्च अदालतसम्म पुगे । सर्वोच्च अदालतले २०७४ पुस ५ गते नयाँ पदमपुरमा जग्गा दिनु भन्ने आदेश दियो । भिडीयो यहाँ लिंकमा छ

