समाचार

मौसम बदली, बुधबार बेलुकीपछि ख’तरा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र केही तराईका भूभागमा कुहिरो लागेको अवस्था छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको छ। महाशाखाले देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद् शान्ति कर्णेलका अनुसार अरब सागरबाट बनेको चक्रवात कमजोर भए पनि त्यसको प्रभावले गर्दा नेपालमा केही असर देखिएको छ । मंगलबार देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार तराईमा हुस्सु र कुहिरो देखिएको छ र यसको प्रभाव रहिरहने मौसमविद् कर्णेलले बताइन् ।

बुधबार पनि देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदmस् रहने छ । देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बुधबार बेलुकी देखि ख’तरा ; बुधबार बेलुकी देखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । मौसमविद् कर्णेलका अनुसार बुधबार बेलुकी देखि पश्चिममा बढी नै क्षति गर्नेछ। बुधबार बेलुकी देखि असिना समेत पर्ने भएकाले कृषकले बढी नै क्ष’ति व्यहोर्नु पर्ने देखिएको छ । विशेषगरी पोखरा देखि पश्चिमको भूभागमा बढी क्षति गर्ने देखिएको भन्दै मौसमविद् कर्णेलले यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह गरेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *