समाचार

नेपाली सेलिब्रेटिलाई हलोविन अवतरमा यस्ता देखिए (फोटो सहित)

ईटहरी/ हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो यो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । जस्लाई नेपाली समुदायले पनि केही हदसम्म स्विकार गर्दै आएको देख्न सकिन्छ । यस्तैमा नेपालका केही चलेका सेलिब्रेटी तथा कलाकारहरूले पनि आफ्नो हलोविन अवतार प्रस्तुत गरेका छन् ।

यो चाड इसाई धर्ममा बढि प्रचलित छ । गर्मीलाई बिदाई गर्न पनि यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यी बाहेक अरु देशमा मनाइन्छ ।

पछिल्लो समय यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिकामा ल्याएको जानकारहरु बताउछन् । हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने यसलाई सन्यासी दिवसको नामले पनि बुझिन्छ ।

नायिका साम्राज्ञि राज्य लक्ष्मी शाह, निर्माता तथा हास्यकलाकार किरण केसि, पुर्व मिस नेपाल नितिका चाण्डक, मोडल तथा डान्सर आश्मा बिश्वकर्मा, डान्सर राहुल शाह, फिल्म क्याप्टेन अभिनेत्री प्रीयंका एमभी, नायिका शिल्पा मास्के, प्रतिमा राज्य लक्ष्मी शाह, संचारकर्मी रबि लामिछाने पनि हलोविन अवतारमा प्रस्तुत भएको देखिन्छ । प्रस्तुत तस्विरहरु यिनै सेलिब्रेटी तथा कलाकारहरूका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *