समाचार
इटहरीको होटलमा छोरी जन्माएर महिला भागे पछि…..
इटहरी / सुनसरीकाे इटहरीमा एक महिलाले होटलमा नानी जन्माएर भागेको छिन । छोरीलाई होटलमा जन्माई महिला फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा ३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरिएको बताएको छ । उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।


