समाचार
ताल बाराही माविमा कार्यरत सरकारी दरबन्दीका शिक्षकहरुले दोहोरो तलब भत्ता लिने गरेको खुलासा भएपछी मच्चियो रडाको
पोखरा- सरकारले निशुल्क शिक्षाको राग अलाप्न थालेको बर्षौ भैसक्यो । तर, अभिभावकहरु सरकारले भनेको यहि निशुल्क शिक्षाको शुल्कको बोझले कुप्रो भैसक्न आँटेका छन् । सरकारले निशुल्क भनेपनि विभिन्न शिर्षक र विषयलाई बहाना बनाएर सामूदायिक विद्यालयहरुले अभिभावकहरुसंग मनपरी शुल्क असुल्दै आएको समाचारहरु यत्रतत्र सार्वजनिक छन् । अनि असुलेको शुल्कपनि त्यस्ता विद्यालयहरुले मनपरी खर्च गर्ने गरेको तथ्य बाहिर आउन थालेका छन् ।
हामीले यसो भनिरहेको ती विद्यालयहरुलाई होईन् । जसले राज्यको नीति अनुरुप विद्यालय सञ्चालन गरिरहेका छन् । हामीले त त्यस्ता विद्यालयहरुलाई संकेत गर्न खोजका हौँ जसले जे गरेपनि हामीलाई कस्ले के गर्छ र भन्ने खालका गतिविधी गरिहेका छन् । हामी तपाईलाई पोखराको यस्तै एउटा घटनाको बारेमा जानकारी दिन गईरहेका छौ । घटना हो पोखरा महानगरपालिका वडा न।।६ मा अवस्थित तालबाराही माविको ताल बाराही माविमा कार्यरत सरकारी दरबन्दीका शिक्षकहरुले दोहोरो तलब भत्ता लिने गरेको खुलासा भएपछी त्यहाँ रडाको मच्चिएको छ ।
बिद्यार्थीहरुबाट बिभिन्न शिर्षकमा शुल्क उठाएर सो रकम शिक्षकको तलब भत्तामा खर्च गर्ने गरेको पाइएपछी अहिले त्यहाँ आन्दोलन नै चर्कीएको छ । सरकारले उपलव्ध गर्ने तलब भत्ता एकातिर छ । ३० हजार तलब स्केल भएका सरकारी शिक्षकले तालबराही माबिमा महिनामा ७० हजार सम्म बुझ्ने गरेको पाइएको छ । यता माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विधालयका प्रअ र शिक्षक शिक्षिकाकै विचमा पनि विभिन्न खाले मतभेद रहेको देखिएको छ । घटनासंग सम्वन्धित विषय र चर्कीएको आन्दोलन यस्तो छ ।
घटना बाहिर आए लगत्तै पोखरा महानगरपालिका वडा नं ६ ले एउटा समिति बनाएर घटनाको छानविन गर्न भन्यो तर समितिलाइ अबैधानिक भन्दै प्रधानअध्यापकले त्यसलाइ लत्याइदिइन् । यसो त यो बिषय, तालबाराहीको मात्र होइन । देशका अन्य धेरै माबिहरुको साझा बिषय हो । एकातिर सरकारले निःशुल्क शिक्षा भनिरहेको छ भने अर्को तर्फ कुनै मापदण्ड बिना नै सामुदायिक बिद्यालयले शुल्क असुल्दै आएका छन । राज्यकै अंग हुनु र त्यो पनि हजारै विद्यार्थीहरुको भविश्य निर्माण गर्ने शिक्षा जस्तो संवेदनशिल विषयमा यस्तो गाइजात्रा कहिलेसम्म ?



