समाचार

दसैँमा घर जाने यात्रुको सुविधाका लागि १४ ठाउँमा सहायता कक्ष स्थापना

काठमाडौँ। यातायात व्यवस्था विभागले दसैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ। यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी बीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्य सम्म पुग्नका लागि अग्रीम टिकट खोल्ने लगायतका विषयमा छलफल भएको थियो।

विभागका महानिर्देशक गोगन बहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताए । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उनले बताए। बैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए ।

उनले भने, ‘आगामी सातामा उनीहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्ने लगायतका निर्णय हुनेछ।’ यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइ सक्नु पर्नै बताए। दसैँ, तिहार लगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताए ।

उनले भने, ‘मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँ छन्।’ चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकट लगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *