समाचार

सेप्टेम्बर १० मा आइफोन ११ ल्याउँदै एप्पल, यस्ता हुनेछन् फिचर्स

एजेन्सी । तपाई एप्पलको ग्रहक हो र यसको नयाँ मोडलको आइफोनको प्रतिक्षामा हुनहुन्छ भने भपाईका लागी खुशीको खबर छ । संसारभर आफ्नो भिन्न ब्राण्ड स्थापीत गर्न सफल भएको एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गर्दै यसबारे जानकारी दिन छिट्टै नै प्रैसमिट गर्ने समेत जनाएको छ ।

आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा उपस्थित हुन अनुरोध गर्दै मिडियालाई आमन्त्रण पनि गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार उक्त दिन एप्पलले आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करण बजारमा ल्याउने तयारी गरेको छ ।

जसअन्र्तगत नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुने एप्पलले जनाएको छ । एप्पल कम्पनीका अनुसार नयाँ आइफोनमा ए-१३ प्रोसेसर हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *