समाचार

राजनीतिमा छिरिन् प्रियंका

काठमाडौं, ९ माघ । कांग्रेसले प्रियंका गान्धीलाई राजनीतिमा उतारेको छ । सत्ताको राजनीतिका लागि प्रियंकालाई भारतीय कांग्रेसले पूर्वी उत्तर प्रदेशको महामन्त्री नियुक्त गरेको हो ।

आउनै लागेको आम निर्वाचनका लागि प्रियंका सक्रिय राजनीतिको मैदानमा उत्रिएकी हुन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले नियुक्त गरेपछि उत्तर प्रदेशमा खटिनेछिन् ।

यसअघिका चुनावमा भने प्रियंका प्रचारका लागि मात्र खटिएकी थिइन् । अघिल्लो चुनावमा भाई राहुल र आमा सोनिया गान्धीका लागि खटिएकी उनी अहिले भने सक्रिय राजनीतिमा स्थापित हुने कोशिशमा छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *