समाचार
कसले मार्यो यति धेरै गाई ? केही जिउँदै, केही छटपटाउदै !
सुर्खेतमा २२ वटा गाई मरेको अवस्थामा फेला परेका छन । अज्ञात समूहले गाईको सामूहिक हत्या गरेको आशङ्का गरिएको छ । । वीरेन्द्रनगरको कटकुवामा करिव चार सय गाईहरू अलपत्र अवस्थामा छोडिएको बताइएको छ ।
गाई बिहीबार राति गाडीमा ल्याएर भीरबाट खसाइएको स्थानियले बताएका छन । राति अज्ञात समुहले अन्यत्रबाट ट्रक तथा टिप्परमा सयौं गाई ल्याएर भीरबाट खसालेको स्थानीयले बताएका छन । वीरेन्द्रनगरको वडा नं ४ ,७ र १४ को सिमा क्षेत्रमा झन्डै ४ सय गाई बेवारिसे अवस्थामा छोडिएका छन् । कानमा बीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने यकिन भइसकेको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको कुनै नगर वा गाउँपालिकाका लागि पठाइएको भएपनि त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


