समाचार
तनहुँको दमौली बजारमा फ्रि वाईफाई थप विस्तार, अब यी टोलमा समेत चल्ने
तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ को केही टोलहरुमा शुुक्रवार देखि फ्रि वाईफाई विस्तार गरिएको छ । यस अघि अनसन लाईनमा मात्र रहेको फ्रि वाईफाईको सुविधा पराशर टोल, निमचोक टोल र सृजना टोलका चौकुनामा प्रयोग गर्न मिल्ने गरी विस्तार गरिएको हो । फ्रि वाईफाईको परिक्षण प्रयोग गरि वडा सदस्य रबिन पौडेलले सुुरुवात गरेका हुन । फ्रि वाईफाइको व्यवस्था वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.ले सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीको खर्चमा व्यवस्था गरेको हो ।
साइवर सुरक्षाका कारण वाईफाईको प्रयोगका लागि मोवाईल नम्बर पठाएर रिक्वेष्ट गरेपछि एसएमएस मार्फत् पासवर्ड प्राप्त हुने र प्रयोग गर्न सकिने कम्पनीका शाखा प्रवन्धक मनोज मल्लले जानकारी दिए ।

मादीसेती एफ् एम्को टावरमा डिभाइस राखेर वाइफाईको सुरुवात गरिएको हो । परिक्षणका क्रममा रहेकाले सवै चौकुनामा प्रयोग गर्न मिल्ने गरी काम भइरहेको पनि मल्लले बताउनु भएको छ ।


