समाचार

दिदीसित नुहाउन गएका ४ वर्षीय बालक त्रिशूलीमा डुबेर बेपत्ता

नुवाकोट । नुवाकोटमा चार वर्षीय बालक त्रिशुली नदीमा डुबेर बेपत्ता भएका छन् । विदुरनगरपालिका ४ सिमचौरमा शनिबार बिहान दुईजना दिदीहरुसित नुहाउन गएका ४ वर्षीय प्रकेश तामाङ नदीमा डुबेर बेपत्ता भएका हुन् । बालकले लुगा फुकालेर नदीमा पसेपछि घरमा आएर त्रिशूलीमा डुबेको बताएपछि अभिभावकहरु खोजतलास गरेका थिए।

बालक नभेटिएपछि अभिभावकले बालकको खोजीको लागि प्रहरी, सेनाको श्रीनाथ गण र सशस्त्र प्रहरीलाई खबर गरेका थिए। सेना र सशस्त्रले बेपत्ता बालकको खोजी जारी राखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *