समाचार

साउने सोमबारको ब्रत समापन गरिँदै, शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । देश भरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिला हरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्।

काठमाडौंको पशुपति, सानो पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कला नेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोते लगाउने गर्दछन् ।

साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अवि वाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिना भर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *