समाचार
गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गरिने
काठमाडौं । भैरहवा स्थित निर्माणा धीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तर सरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भए को छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, पर्यटन राज्य मन्त्री धनबहादुर बुढा लगायतले निर्माणाधीन अन्तर्राष्ट्रिय विमान स्थलका लागि आवश्यक डेडिकेटेड प्रसारण लाइन निर्माणका क्रममा देखिएका समस्या निरुपण गर्ने उपायको खोजी गर्ने लक्ष्यका साथ छलफल भएको हो ।
छलफलमा नेपाल विद्युत् प्राधि करणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधि करणले तत्काल शुरु गर्ने, सडक विभागका तर्फबाट गर्नुपर्ने काम पनि तत्कालै शुरु गर्ने र त्यसमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक सहजी करण गर्ने विषयमा सहमति भएको ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिनुभयो । छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिनुभयो ।
“कतिपय निकाय विकास मैत्री हुन नसक्दा समस्या देखिएको छ । राष्ट्रिय गौरवका आयोजना अगाडि बढिरहेको छ । सबै निकायले आ–आफ्नो जिम्मेवाराी समयमै पूरा गरून् भन्ने मेरो अपेक्षा छ”, मन्त्री पुनले भन्नु भयो । यस्तै सो अवसरमा पर्यटन मन्त्री भट्टराईले विमान स्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत् सेवाका लागि गर्नुपर्ने काम कार वाहीका बारेमा जानकारी गराउनु भएको थियो । छल फलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय डा सञ्जय शर्मा, दिनेश कुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्



