समाचार
काठमाडौँ भित्रिने मुख्य नाका नौबिसे सडक खण्ड भासियो !
काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नौबिसे सडकखण्ड पुर्णरुपमा भासिएको छ । ६ चक्के गाडीले गर्दा नौबिसे सडक खण्ड भासिएको हो ।
मालबाहक ट्रकको चक्काको संख्या बढाएर सडकको क्षमताभन्दा बढी समान भित्रने गरेको छ । पृथ्वी राजमार्गमा नेपालका गाडीले भन्दा भारतीय गाडीले बढी लोडका सवारी चलाउने गरेको पाइएको छ ।
भासिएको सडकमा गाडी बिग्रने हुदाँ जाम पनि बढ्छ । काठमाडौं भित्रने मुख्य नाका नौबिसे सडक बिग्रिसकेको भएपनि वैकल्पिक सडक विना यो राजमार्गको स्तरोन्ती गर्न नसकिने बताइएको छ ।


