समाचार
नेपालको स्वतन्त्र अस्तित्वप्रति सदैव सम्मान छ : सि जिनपिङ

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको स्वतन्त्र अस्तित्वप्रति चीनको सदैव उच्च सम्मान रहेको बताएका छन् । केही सीमित अधिकारीसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ३० मिनेट लामो वार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘संविधान निर्माणपछि नेपालमा बलियो र स्थिर सरकार बनेको छ । नेपालसँगको हाम्रो सहकार्य अझ सघन हुनेछ,’ उनले भने । उनले पञ्चशील सिद्धान्तको आधारमा नेपाल र चीनबीच शान्तिपूर्ण साझोदारी रहने बताए ।
उनले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइसमेत दिए ।

