समाचार
लेटाङमा आगलागी,२ घर जलेर नष्ट,करोडौको क्षति
लेटाङ / मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ घुम्तिमा विद्युत सर्ट भई आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन भने करिव १ करोड वरावरको क्षति भएको छ । स्थानीय मेसबहादुर गजमेरकोे भान्साबाट विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । आगोले छिमेकीहरु भक्त राई र डोल प्रसाद मगरको घरमा समेत आगो लाग्दा दुई घर पूर्ण रुपमा क्षति भएको हाे । मंगलबार विहान करिव ४ः ३० वजे सो घट्ना भएको हो । सुन्दरहरैचा नगरपालिकाको दमकल,ईलाका प्रहरी कार्यलय लेटाङ,नेपाल आर्मी, लेटाङ नगरपालिका र स्थानियको सहयोगमा आगो एकघण्टा पछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लेटाङका पहरी नायव निरिक्षक दिपक कटुवालले जानकारी दएका छन ।


