समाचार

नोवेलमा फेरी अर्काे तनाव, लापरबाहीले सुत्केरीको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

विराटनगर / विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माए पनि उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको विरोधमा आफन्तले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनु पर्ने माग गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *