समाचार
‘दुवै आँखा देख्दिनँ तर कमाएर नल्याए चुलो बल्दैन’
काठमाडौं : म्याग्दी जिल्ला बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेत आइतबहादुर दर्जीका घर पुग्न वेनी देखि २ घण्टा लाग्छ । हामी उनको घर पुग्दा घरमा भुकि रहेको कुकुर समात्नतर्फ लागे । उनले हामीलाई देखेनन् तर पनि स्वागत मा नमस्कार गरे ।
दुवै आँखा नदेख्ने ४७ वर्षका दर्जीका घरमा श्रीमती र दुई छोराहरु छन् । दर्जी जन्मदै दृष्टी विहिन भने होईनन् । रोजगारीका लागि भारतको सिलाङ रहेको बेला दर्जीले आँखाको ज्योति गुमाए । उनी त्यतिवेला २० वर्षका थिए । श्रीमतीको पेटमा ९ महिनाको बच्चा थियो । जन्मने बच्चालाई हेर्ने चाहना राख्दा राख्दै संसार हेर्ने आँखा नै गमाए पछि अब यो रङ्गीन संसार हेर्ने आशा पनि मरिसकेको छ ।
उनका संसार नदेख्ने आँखाले कति आँखा बगाए उनलाई भेउ छैन । परिवार चला उन उनले गिट्टी पनि कुटे । गि ट्टी कुट्दा उनका भेउ नपाउँदा उनले आफ्नै हातका औंलामा आफैले हथौडा बजाए । आर्थिक अभावले छोरा हरुले पढ्न समेत पाएका छैनन् । थप भिडियोबाट हेर्नुहोस.. भिडियो यहाँ लिंकमा छ
प्रतिक्रिया दिनुहोस्

