समाचार
हवाई जहाज चढेर हुम्ला पुग्यो एक करोड मूल्य बराबरको तरकारी
सिमकोट। हुम्ला जिल्लाई सडक यातायातले जोडेको छैन। नेपालकै दुर्गम मध्येको एक जिल्ला हुम्लामा वर्षमा हवाई चढेर एक करोड १२ लाख रुपिँयाको तरकारी पुग्छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ। तर तथ्याङ्बाट त्यो कुरा पुष्टि भएको छ । गत आर्थिक वर्षमा हुम्ला सिमकोटमा मात्रै एककरोड १२ लाख बराबरको तरकारी आयात भएको छ ।
आवश्यक अनुसार तरकारी उत्पादन नभएपछि नेपालगंज र सुर्खेतबाट महङ्गो हवाई ढुवानी गरेर तरकारी आयात भएको हो। यसमा यात्रुहरुले साथमा ल्याउने तरकारीको मुल्य समावेश गरिएको छैन। मङ्सिर देखि जेठ महिनासम्म प्रतिदिन दुईसय क्वीन्टल र असार देखि कार्तिक महिनासम्म प्रतिदिन औसत एकसय क्विन्टल तरकारी नेपालगंज र सुर्खेतबाट सिमकोटमा हवाई मार्गबाट ढुवानी भएर आउने उद्योग बाणिज्य संघ हुम्लाका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाले बताउनुभयो ।
मानसरोवर कैलाशको पर्यटकीय सिजनमा हेलिकोप्टर बाट तरकारी होटेल व्यवसायीहरुले भित्र्याउने गरेका छन् । यसरी प्रत्येक दिन प्रत्येक यात्रुहरुले दुईचार किलो हरियो तरकारी हातमै बोकेरै आउने गरेका छन् । अहिले नेपालगंजबाट प्रतिकिलो ढुवानी दर एकसय २० रुपियाँ र सुर्खेतबाट प्रतिकिलो एकसय पाँच पियाँ रहेको छ । गएको एक वर्षमा जेठ देखि कार्तिक सम्म एकसय ५० दिनमा प्रतिदिन एकसय केजी तरकारी नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्





