समाचार

अमेरिका युद्ध अभ्यासकाे तयारीमा रहँदा उत्तर कोरियाले २ क्षेप्यास्त्र हान्यो, सैन्य सुरक्षा तनाव बढ्याे

एजेन्सी । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे केहि दिनमै उत्तर कोरियाले समुन्द्रमा दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले सानो दुरिका दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरीयाले जनाएको समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यो घटनाले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भएको परमाणु निशस्त्रीकरण वार्तामा नयाँ शंका उत्पन्न गराएको छ । दक्षिण कोरिया कोरियाका सेना प्रमुखकाअनुसार सो क्षेप्यास्त्र बिहीबार सि अफ जापानमा प्रहार गरिएको हो । सो क्षेप्यास्त्र ५० किलोमिटरको उचाइमा पुगेर ४ सय ३० किलोमिटरका दुरीमा समुद्रमा खसेको थियो । अर्को महिना दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेपछि आक्रोशित बनेको उत्तर कोरियाले यो कदम चालेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले संयुक्त युद्ध अभ्यासले परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई प्रभावित गर्न सक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५ बजेर ३४ मिनेटतिर प्रहार गरिएको हो भने दोस्रो त्यसको २३ मिनेटपछि प्रहार गरिएको दक्षिण कोरियाले जनाएको छ । जापानका रक्षामन्त्रीले क्षेप्यास्त्र आर्थिक सीमाक्षेत्रसम्म नपुगेको तर यसले सैन्य तनावकाे चिन्ता भने बढाएको बताएका छन् । जापानका रक्षामन्त्री आकेसी इवावीले भने ‘यदि क्षेप्यास्त्र विष्फोटक थिए भने यस्ले संयुक्त राष्ट्र संघको प्रतिबन्धलाई उक्साउने छ, जुन पश्चातापको विषय बन्नेछ ।’ अमेरिकी प्रधानमन्त्री कार्यालय ह्वाइट हाउसले अहिले यसबारे कुनै प्रतिक्रया जनाएको छैन् । यो कुराले ट्रम्प र किमको परमाणु निसश्त्रिकरण वार्तामा नयाँ मोड ल्याउने सम्भावना देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *