समाचार
निर्मला पन्त ह*त्या प्रकरण नौलो होइन – गृहमन्त्री
काठमाडौं : संघीय सरकारका गृहमन्त्री रामबाहदुर थापा ‘बादल’ ले निर्मला ह*त्या प्रकरण नौलो नभएको बताएका छन। मंगलबार गृहमन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य सम्पादन प्रगति र आगामी कार्य दिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्। उनले निर्मला पन्तको बला*त्कार र ह*त्या ज*घन्य अप*राध भएपनि उक्त घटना नौलो भने नभएको बताए।
यस किसिमका अप*राध कुनै नौलो होइन,’ उनले भने, यस किसिमका घटना यो भन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहने छ।’ उनले निर्माण पन्त ह*त्या प्रकरणलाई राजनीति करण गरिएको आरोप पनि लगाए। कञ्चनपुर भीम दत्त नगरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बला*त्कार पछि ह*त्या भएको थियो। घटना भएको एक वर्ष पुगे पनि ह*त्यारा अहिले सम्म पत्ता लाग्न सकेको छैन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शान्ति, सुर*क्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन्।राष्ट्र विख*ण्डन र पृथकता वादको चुनौती सफलतापूर्वक अवतरण गरेको सुनाउँदै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्

