समाचार
रोगले थलिदैछन् कतारमा नेपाली कामदार, औषधि खानै डराउनु पर्ने
काठमाडौं । अस्तव्यस्त सडक, सवारी–साधन तथा उद्योग वायु प्रदूषणका मुख्य स्रोत हुन् । अव्यवस्थित उद्योग तथा कारखाना, सवारी–साधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मत,धुवाँ, स्वास्थ्य संस्थाबाट निस्कने फोहोर, घर बाट निस्कने फोहोरले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । र, योसँगै स्वास्थ्यमा गम्भीर असर देखापरेका छन् । वायु प्रदूषणसँगै पानी, माटोलगायत अन्य प्रदूषण पनि बढ्दै गएको छ ।
पर्यावरण प्रदर्शन सूचकांक (ईपीआई) रिपोर्ट २०१८ अनुसार वायु प्रदूषण धेरै रहेका देशमा नेपाल १७६ औं नम्बरमा छ । तरपनि प्रधानमन्त्री भन्छन्– काठमाडौंमा मास्क लगाउनै पर्दैन । प्रधान मन्त्रीको यो भनाइ अल्पज्ञानको परिणाम हो या धुलो खाइरहेका जनता को आँखामा थप धुलो छर्ने प्रयास ? ‘देख्नेको आँखा फुटे सुन्नेको सही’ भन्ने उखान फेरि यहाँ चरितार्थ भएको हो ।
काठमाडौंको हावामा दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायन हुन्छन् । त्यस्ता कण श्वास–प्रश्वासमार्फत् सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् । र, रक्तसञ्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात गराउँछन् ।
काठमाडौं उपत्यकामा मुटुरोगी र मस्तिष्कघातको समस्या बढ्नुको प्रमुख कारण नै यहाँको धुलो हो । मुटुरोगी र मस्तिष्कघात मात्र होइन, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ पनि उकालो लागेको छ । उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ ।
जसबाट बच्न नागरिक नाक÷मुख छोपेर हिड्न बाध्य छन। तर, बातानुकुलित गाडीमा हुँइकिने प्रधानमन्त्री भने मास्क लगाउनै नपर्ने भइसक्यो भने गुड्डी हाँक्छन। अभिव्यक्ति र यथार्थको यो विरोधाभाष निकै दुःखद् छ। नागरिकले भोग्दै आएको चरम सास्तीमा प्रधान मन्त्रीको यो हदसम्मको ठट्टाले जग मात्रै हसाएको छैन । नागरिकलाई उद्वेलित पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


