समाचार

चन्द्रमामा पहिलोपटक महीला पठाउँदै नासा, ३० अर्ब डलरको लागतको अनुमान

काठमाडौं । पहिलो पटक चन्द्रमामा मानिसले पाइला टेकेको ५० औं वर्षमा अमेरिकी स्पेस एजेन्सी नासाले पहिलोपटक महीलालाई चन्द्रमामा पठाउने योजनामा काम गरिरहेको बताएको छ । यो कार्यक्रमलाई आर्टेमिस नाम दिइएको छ।नासा का अनुसार अहिले अघि सारिएको योजना आगामी दिनमा मंगलको लागि पनि निकै महत्वपूर्ण हुनेछ ।

साथै यो चन्द्रमा मिशन अनुसारको अन्तरिक्ष यात्रीले अहिले सम्म कोही पनि नपुगेको क्षेत्रको पनि पहिचान गर्नेछन् । साथै उनीहरुले चन्द्रमाको सतहमा पानी, बरफ र अन्य प्राकृतिक संसाधनको खोजी पनि गर्नेछन् । चन्द्रमाले आगामी दिनमा अन्तरिक्ष यात्रालाई थप सहज बनाउनेछ । यस्तोमा आगामी दिनमा मानिसहरु चन्द्रमाबाट मंगलसम्म पनि जानसक्ने बताइएको छ ।

नासाका अनुसार सन् २०२४ मा चन्द्रमाको यात्रा गरेर अन्तरिक्ष यात्री फर्किँदासम्म करीब ३० अर्ब डलरको लागत आवश्यक हुनेछ । ५० वर्षअघि एपोलो मिशन अन्तर्गत दुई अन्तरिक्षयात्री चन्द्रमामा उत्रिएका थिए। यो क्रममा एपोलो–११ चन्द्रमामा अवतरणको ५० वर्ष को क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नासाको पहिलो मानवरहित ओरियन क्रू क्याप्सुल चन्द्रमामा जानका लागि तयारी अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *