समाचार

‘निर्मानाधिन बागमती नदीको पुल बग्यो !

वीरगन्ज । सुर्य एस बि एस एलाइट कम्पनीले ज्वाइन्ट भेन्चरले बनाएको रौतहटको गढिमाइ र सर्लाहीको बरहथवा नगरपालिका जोडने बागमती नदीको पुलको तीन वटा स्लेब बगेको छ ।नौ दिनअघि नदीमा आएको बाढीले ३ र ४ नम्बर पिलर जोडने पुलको तीन वटा स्लेब बगाएर क्षति प¥याएको हो । सडक विभागका डिजि केशव शर्माले पुलको स्लेब बगाएको स्वीकार गरे । उनले भने,‘निर्मानाधिन अवस्थामा रहेको पुलको तीनवटा स्लेव बगाएको हो।’ गुण्सतर हिन काम भएकोले पुलको स्लेब बगाएको डिजि शर्माले बताए

बागमती नदीमा पुल बनाउनको लागि सुर्य एस बि एस एलाइट कम्पनीले ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका थिए । पुल निर्माण कम्पनीले तोकिएको समय अवधिमा निर्माण गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले दुई पटक म्याद थप गरेको थियो । अन्तिम पटक म्याद थप गर्दा असार मै निर्माण सम्पन्न गर्ने लक्षय लिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *