समाचार
आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौँ, साउन ३ । आज साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । बिहिबार प्रतितोला ६५ हजार रुपैयामा कारोबार भएको सुनको मुल्य आज पाँच सयले बढेर ६५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।
साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६५ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै सुनको मूल्य मात्र नभइ चाँदीको मूल्य पनि बढेको छ । दीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । बिहिबार तोलामा ७ सय ६५ रुपैयामा कायम रहेको चाँदीको मुल्य आज प्रतितोला ७ सय ७० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।



