समाचार

पोखरीमा डुबेर २ युवकको मृत्यु

भोजपुर / भोजपुरको आमचोक गाउँपालिका-२ थामडाँडामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १२ बजेको समयमा उक्त पोखरीमा पौडी खेल्ने क्रममा आमचोक गाउँपालिका-१ का २५ बर्षीय निमा शेर्पा र २० बर्षीय गेल्बु शेर्पाको मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि अस्पताल पठाउने तयारी भईरहेको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *