समाचार

धरान स्थित विपी प्रतिष्ठानबाट नवजात शिशु चोरी ,दुई महिला पक्राउ

धरान / र नवजात शिशु चोरी गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा भारत नयादिल्ली फरिदावाद घर भएकी हाल धरान ५ देउराली माइतीघर बस्दै आएकी बर्ष २७ की लिला विश्वमाृ र उनकी भाउजु धरान १५ बगरकोट बस्ने उनकै भाउजु मिना लिम्बु( विश्वकर्मा) रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मध्यरातमा एक नवजात शिशु चोरी भएको छ । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको नवजात शिशु(छोरा) चोरी भएपछि पीडितले बच्चा हराएको विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि खोजी कार्यलाई तिब्रता दिएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डराज न्यौपानेका अनुसार खोजतलास गर्ने क्रममा मिना लिम्बु –विश्वकर्मा)को घरको सिटिङ रुमबाट नवजात फेला पारेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *