समाचार

उपेन्द्र यादब र मेरो एकीकरणले ५० बर्ष देश चलाई विश्वसामु चिनाउछः डा भट्टराई

कास्की। समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधान मन्त्री डा बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट देशको अग्रगमनको नेतृत्व सम्भव नभएको बताएका छन। सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको प्रदेश समिति समायोजन घोषणा कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली काङ्ग्रेस लगायतका पार्टीबाट देशको अग्रगमन, सुशासन र दिगो विकास नहुने भएकाले समुन्नत र सङ्घीय समाजवादको वैचारिक आधारमा वैकल्पि क राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन गरिएको बताए ।

फोरम र नयाँ शक्तिबीचको एकता केवल पार्टी एकता मात्र नभएको भन्दै डा भट्टराईले भने, “हामीहरुबीचको एकता पार्टी एकता मात्र होइन, सम्पूर्ण लोकतन्त्र, अग्रगति, शान्ति, समावेशीता, समाजवाद र धर्म निरपेक्षताको मान्यताप्रति प्रतिबद्ध जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षसम्म नेतृत्व गर्ने र विश्वसामु नेपाललाई समुन्नत रुपमा लैजाने गरी एकताको प्रस्थान विन्दु हो ।” उपेनद्र यादब र आफ्नो मिलनदे देशको मुहार फेर्नुका साथै विश्वमा नेपाललाई चिनाउने दाबी डा भट्टराईले गरेका थिए ।

पार्टीका उपाध्यक्ष हेमराज राईले बहुजातीय र बहुभाषिक चरित्र भएको देशमा पहिचानका आधारमा राज्यको पुनः संरचना हुनुपर्ने बताए। कार्यक्रममा समाजवादी पार्टीको ५३ सदस्यीय गण्डकी प्रदेश कमिटी घोषणा गरिएको थियो । पार्टीको प्रदेश समितिको अध्यक्षमा मोति रिजाल, उपाध्यक्षमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल र काशीमाया गुरुङ छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *