समाचार
सुपरहिट चलचित्र ‘जात्रै जात्रा’ले गर्यो श्वेताश्री फाउण्डेशनलाई ठूलो आर्थिक सहयोग
काठमाडौं । सुपरहिट चलचित्र ‘जात्रै जात्रा’ले दियो श्वेताश्री फाउण्डेशनलाई १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । अभिनेत्री श्वेता खड्काले संचालन गरेको ‘श्वेताश्री फाउण्डेशन’लाई फिल्म ‘जात्रै जात्रा’ले ५१ दिन मनाएको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो रकम अभिनेत्री श्वेतालाई हस्तान्तरण गरेको हो ।
‘जात्रै जात्रा’का कलाकार ‘को बन्छ करोडपति’ कार्यक्रममा सहभागि भएर जम्मा १० हजार रपैयाँ मात्र जितेपनि अन्तत निर्माण यूनिटले उक्त रकममा १ लाख रुपैयाँ थपेर यो रकम हस्तान्तरण गरेको जनाएको छ ।
का थिए । सहभागि भएर जितेको रकम श्वेताश्री फाउण्डेशनलाई दिने युनिटको उद्घोष थियो । सिन्धुपाल्चोकमा माझी बस्ति निर्माण गरिरहेकी श्वेताले दयालु मन भएका कलाकर्मी र देश विदेशबाट आउने सहयोगले नै हौसला मिलेर यो काम गर्न सफल भएको बताएकी छिन् ।


