समाचार
पाँचथरको याङवरकमा पहिरो जाँदा एक घर बगायो, २० घरमा क्षति
पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर-२ मा गएराती पहिरोले एक घर बगाएको छ भने २० घरमा क्षति पुगेको छ । मंगलबार राती गएको पहिरोका कारण वडा नम्बर-२ बेतेनी गाउँका टलमान राइको घर बगाएको हो ।
घर बगाए पछि ५ जनाको परिवार बिचल्लीमा परेकाे छ। वडा नम्बर २ को मुक्लाबुङ, धिमाले, बेतेनी गाउँमा पहिरोका कारण २० घरमा क्षेती पुगेको छ । सदरमुुकामबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको टोली घटनास्थल जाँदैछ ।
वडा नम्बर २ का अध्यक्ष देउकुमार योङहाङका अनुसार पहिरोका कारण स्थानीय त्रसित भएका छन् । यद्यपी अहिलेसम्म मानविय क्षतिको कुनै विवरण आएको छैन ।




