समाचार

न्यायिक समितिमा व्यक्तिगत तथा घरेलु हिंसाका २४ उजुरी दर्ता

टोखा नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७५÷७६ मा २४ उजुरी दर्ता भएका छन् । बढी जसो घर जग्गा विवादका उजुरी परेका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, ध्वनि प्रदूषण, ठगी, लेनदेन, हदबन्दी लागेको जग्गामा टहरा निर्माण, गाली बेइज्जती, सम्बन्ध विच्छेद र कुटपिट जस्ता उजुरी समितिमा पर्ने गरेका नगरपालिकाले जनाएको छ ।

चालू आवमा परेका २४ उजुरी दर्ता भएकामा छ वटा घर जग्गा विवाद, सम्बन्ध विच्छेदसम्बन्धी दुई, आफ्नो हक नपुग्ने अरुको जग्गा घर वा कुनै संरचना बनाइएको सम्बन्धी तीन, ठगी तथा लेनदेनको एक, अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको दुई उजुरीे न्यायिक समितिमा दर्ता भएका छन् ।

आव २०७४÷७५ मा ३१ उजुरी दर्ता भएकामा सात वटा घर जग्गा विवाद, घरायसी झै–झगडा विवादका दुई, घर खालीका दुई, सम्बन्ध विच्छेदसम्बन्धी तीन, अर्काको हक भोगका रहेको जग्गा आवाद वा भोगचलन गरेका दुई, अरुको जग्गामा घर वा कुनै संरचना बनाएको विवादसम्बन्धी दुई र छानबिन विवादका तीन उजुरी दर्ता भएको बताइएको छ ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा आउने गरेका छन् । उपप्रमुख डङ्गोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *